एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
१६ पटक हेरिएको
Shares
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई

सारांश

  •    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ ।
  • मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।
  • सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए ।

३ मंसिर, काठमाडौं ।  

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ । मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो । सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए । उनले भने, ‘टोलीलाई ह्ृदयदेखि नै शुभकामना दिन चहान्छु ।

एसिसि प्रिमियर कप जुन भईरहेको छ त्यसको लागि तपाईहरु एकदमै भाग्यमानी हो । तपाईहरुले आफूलाई कमजोर ठान्नु भएन र कसैले ठानेको छ जस्तो पनि मलाई लागेको छैन् । तपाईहरुले राम्रो अवसर पाउनु भएको छ, यसलाई नगुमाउनु होला ।’ यस्तै, उनले क्रिकेटले धेरै बाटो खोलिदिएको कारण पनि एकदमै मेहेनत गर्नुपर्ने बताए । एसीसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्यीय नेपाली टोलीको कप्तानी अशोक धामीले गरिरहेका छन् भने निरज यादव विकेटकिपरको भूमिकामा रहनेछन् । घोषित टिममा निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दर्श सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन बिक, अपराजित पौडेल र वंन्स क्षेत्री छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
यस्तो छ, सोमबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारको लागि विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आइतबार देशभरको मौसम?
कस्तो रहला आइतबार देशभरको मौसम?
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक