रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २, २०८०
|
|
३५ पटक हेरिएको
Shares
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस

सारांश

  • नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि सुनुवाइ सुरू भएको छ ।
  • सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा हिजो हेर्दाहेर्दैमा परेको थियो ।
  • चौधरीको मुद्दामा उनी पक्षका कानुन व्यवसायी र सकारी वकिललेसमेत वसह सकिसकेका छन् ।

२ जेठ , काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि सुनुवाइ सुरू भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा हिजो हेर्दाहेर्दैमा परेको थियो । चौधरीको मुद्दामा उनी पक्षका कानुन व्यवसायी र सकारी वकिललेसमेत वसह सकिसकेका छन् । उनीमाथि २०७२ भाद्र ७ मा भएको टीकपुर घटनामा संलग्न रहेको आरोप छ ।

उक्त घटनामा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि उच्च अदालत दिपायलमा पुनरावेदन गएका चौधरीको मुद्दामा उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी सर्वोच्च गएका थिए । उनीविरुद्ध २०७२ साल भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ ।

https://press4k.com/

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ