बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते

सारांश

  • त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
  • सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।
  • दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१३ जेठ, मकवानपुर।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
दिनहुँ भूकम्प गइरहेको छ, सुरक्षितपूर्वक बस्नुहोला : प्रधानमन्त्री
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग