बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित

सारांश

  • बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
  • उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका हुन् ।

 

२४ फागुन,बाजुरा ।

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गरेका छन् भने नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४ सय २४ प्राप्त गरेका छन्। त्यस्तै क्रमश :केशर शाहीले हलो चिन्हमा ३ सय ५२, दिपक डिसिले आँखा चिन्हमा ९७, भुपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ७२ मत पाएका छन् । विजयी गिरी नेपाल सरकारका पूर्व भुमिसुधार सहायक मन्त्री समेत हुन् । बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४२ हजार ६५ मत खसको थियो । एक निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिष्प्रर्धामा थिए ।

बाजुरामा यो निर्वाचन ऐतिहासिक नमुना मतदान समेत भएको थियो । बाजुरामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र थिए । प्रत्यक्षतर्फको मतगणना सम्पन्न पश्चात् समानुपातिक तर्फका मतगणना गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए । बाजुरामा विगतका निर्वाचनको परिणाम अनुसार वि.सं.२०४८, २०५६, २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेसले नतिजा आफ्नो कब्जामा पारेको थियो। त्यस्तै, वि.सं.२०५१, २०७० र २०७४ सालमा नेकपा एमालेले जितेको थियो । पुनः २०८२ को निर्वाचन नेपाली कांग्रेसले जितेको छ । यस अघि २०७९ सालमा समते कांग्रेसले जित हात पारेको थियो ।  त्यसवेला कांग्रेसका ब्रदीप्रशाद पाण्डे विजयी भएका थिए । उनले ३१ हजार ७ सय ८६ मत ल्याएर एमालेका कर्णबहादुर थापालाई पराजित गरेका थिए । थापाले २६ हजार ३४९ मत प्राप्त गरेका थिए । निर्वाचन जितेका पाण्डे नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत बनेका हुन्। बाजुरामा पुरानै दलहरुले आफ्नो बर्चस्व कायम राखेका छन् ।


विजयी कांग्रेस गिरी को हुन ?प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका गिरी बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थायी बासिन्दा हुन् । गिरी कांग्रेसको अनुभवी नेताको रूपमा परिचित छन् । उनलाई पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासँग सिधै संवाद राख्ने नेताको रूपमा लिइन्छ । गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन् । उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमि सुधार तथा सहायक मन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन् । विकासवादी, सादगी र निष्कलङ्क छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ । उनले समावेशी न्याय,लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका विषयमा आवाज बुलन्द गर्दै आएका छन् । २०४६ साल देखि निरन्तर राजनीति क्षेत्रमा सक्रिय छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस
अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का