कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
७४ पटक हेरिएको
Shares
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने

सारांश

  •    नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।
  • पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जाने तयारी गरेको हो।
  • सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताए।

३ भदौ, काठमाडौं ।  

नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जाने तयारी गरेको हो। सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताए। उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले हिजो कार्यतालिका सार्वजनिक गर्नुभएको छ। रोक्न माग गर्दै हामी अदालत जाने तयारी गरेका छौँ। साथीहरूले त्यसका लागि काम गरिराख्नुभएको छ।’

उनले सम्भव: भएसम्म आजै जानसक्ने उनले बताए। उनले थपे, ‘आजै पनि हुनसक्छ, नभए एक दुई दिनमा हुनपनि सक्छ।’ देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो। यसअघि इतर पक्षका नेता डा. शशांक कोइरालाले महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र सानेपालाई पत्र पठाएका थिए। तर सभापति थापाले भने महाधिवेशन निर्धारित मितिमा तलमाथि नहुने अडान लिइरहेका छन्। असन्तुष्ट समूहलाई समेट्न महाधिवेशन कार्यतालिका पछि धकेलेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल
बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण
बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी