Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन

सारांश

  • क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागुऔषधसहित पक्राउ परेका छन् ।
  • गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
  •   स्रोतलाई उद्धृत गर्दै जमैका ग्लेअनेरले २० पाउन्ड (नौ किलो) गाँजासहित किर्टोन पक्राउ परेको जनाएको छ ।

 

काठमाडौं । क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागुऔषधसहित पक्राउ परेका छन् । गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।  स्रोतलाई उद्धृत गर्दै जमैका ग्लेअनेरले २० पाउन्ड (नौ किलो) गाँजासहित किर्टोन पक्राउ परेको जनाएको छ ।

किर्टोनले वेस्ट इन्डिजको युवा टिमबाट अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गरेका थिए । पनि पछि उनी क्यानडा पुगेका थिए । क्यानडाअघि उनले वेस्ट इन्डिजको यू–१९ टिमबाट समेत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरेका थिए । बार्बाडोसमा गाँजा अवैध छैन । तर, यसको खेती गर्न अनुमतिपत्र आवश्यक हुन्छ । त्यहाँको सरकारले सन् २०१५ मा लागुऔषधसम्बन्धी कानुन खुकुलो बनाउँदै यो नियम ल्याएको थियो । यसलाई पूर्ण रूपमा वैधानिकीकरण भने नगरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । बार्बाडोसको कानुनानुसार, ५७ ग्रामसम्म गाँजा राख्नु अपराध नभए पनि सार्वजनिक रूपमा बोक्दा जरिवाना तिर्नुपर्ने हुन्छ । गत वर्ष क्यानडाको कप्तानी जिम्मेवारी पाएका किर्टोनले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- वेल प्रिपेयर्ड
राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- वेल प्रिपेयर्ड
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर
दुई दिन रात्रिबस नचलाउन निर्देशन
दुई दिन रात्रिबस नचलाउन निर्देशन
पोखरामा ६० करोडको लागतमा  सय बेडको आयुर्वेद चिकित्सालय बन्ने,
पोखरामा ६० करोडको लागतमा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने,
आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ, काङ्ग्रेस
आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ, काङ्ग्रेस
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
१० वर्षीया बालिकाको हत्या अरोपमा बर्दियाबाट एक जना पक्राउ
१० वर्षीया बालिकाको हत्या अरोपमा बर्दियाबाट एक जना पक्राउ
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख