कांग्रेस-एमालेको बालुवाटार बैठकले संसद् बस्न ढिलाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
७० पटक हेरिएको
Shares
कांग्रेस-एमालेको बालुवाटार बैठकले संसद् बस्न ढिलाइ

सारांश

  • प्रतिनिधिसभाको बुधबारको बैठक अझै सुरु हुन सकेको छैन ।
  • बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको थियो ।
  • प्रमुख सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफलमा बसेकाले प्रतिनिधिसभाको बैठकमा ढिलाइ भएको हो ।

१४ जेठ, काठमाडौं ।

प्रतिनिधिसभाको बुधबारको बैठक अझै सुरु हुन सकेको छैन । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको थियो ।प्रमुख सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफलमा बसेकाले प्रतिनिधिसभाको बैठकमा ढिलाइ भएको हो ।

आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गर्ने बताएकाले थप रणनीतिका लागि सत्ताधारी दलको बैठक बसेको हो । बालुवाटारको बैठक भर्खरै सकिएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बालुवाटार बैठक सकिएको जानकारी गराउँदै विपक्षी दलहरूसँग संसद् खुलाउन छलफल हुने बताए । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् शिशिर खनालले आफूहरू संसद् भवन नयाँ बानेश्वरमा बैठक कुरिरहेको बताए ।

खनालले भने, ‘हामी यहीँ छौं, सत्तापक्षको बैठक चलिरहेकाले ढिलाइ भएको जानकारी पाएका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘संसद्मा हाम्रो नीति हिजो जे थियो, आज पनि त्यही कायमै छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद भवनमा हुनुपर्ने छलफल बालुवाटारमा भएको भन्दै आपत्ति जनाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनको चल्ने/नचल्ने छलफल संसद् भवनमा हुनपर्नेमा बालुवाटारमा भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कांग्रेस संसदीय दलको बैठक बस्दै
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
एमाले संसदीय दलको बैठक आज
एमाले संसदीय दलको बैठक आज