टिओबीका तेञ्जिङ ५ लाख २० हजार धरौटी बुझाएर रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
टिओबीका तेञ्जिङ ५ लाख २० हजार धरौटी बुझाएर रिहा

सारांश

  • टिओबी गुप्रका नेता तेञ्जीङ दावा लामा धरौटीमा रिहा भएका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
  •   जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामाविरुद्ध विभिन्न ४ कसूरमा मुद्दा दर्ता गरिएको थियो।

२३ मंसिर, काठमाडौं ।

टिओबी गुप्रका नेता तेञ्जीङ दावा लामा धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।  जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामाविरुद्ध विभिन्न ४ कसूरमा मुद्दा दर्ता गरिएको थियो। उनीविरुद्ध अनुसन्धान सकाएर प्रहरीले सोमबारमात्रै मुद्दा दर्ता गरेको थियो।

अदालतको आदेशलगत्तै उनी ५ लाख २० हजार धरौटी बुझाएर थुनामुक्त भएका छन्। प्रहरीले तेन्जिङविरुद्ध नागरिकता, राहदानी, लिखतसम्बन्धी कसूर र लागुऔषध मुद्दामा अनुसन्धान गरेको थियो। सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो। तेन्जिङ तिब्बतीयन मूलका हुन्। उनले नक्कली नेपाली नागरिकता, पासपोर्ट, जन्मदर्तालगायत अन्य कागजात बनाएका छन्। २०१७ मा तेन्जिङले बौद्धमा ‘टिओबी ट्याटु हाउस’ खोलेका थिए। जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा बुलेट मोटरसाइकल हुइँक्याएर तेन्जिङको समूहले अराजकता मच्चाएको थियो। टिओबी समूहमा ५७ जना सक्रिय सदस्य छन्। अनुसन्धानको क्रममा विभिन्न ठाउँमा घुम्न जाने समूहको रूपमा टिओबीको सुरुवात भएको थियो। टिओबीको अर्थ ‘तिब्बतीयन ओर्जिनल ब्लड’ भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य