संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ

सारांश

  • राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरु डराएको दाबी गरेकी छन् ।
  • मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीहरुलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायलमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन् ।
  • उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ ।

२७ फागुन,  काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरु डराएको दाबी गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीहरुलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायलमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन् ।

उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको भूत ?  उहासँग प्रश्न गर्न चाहान्छु । अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेताहरु जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ । यो त मित्र ट्रायल मात्र हो ।अरु जिल्लाका मान्छे थपिए । बाँकी ७३ जिल्लाका मान्छेहरु थपिएभने जुन भिड आउँछ । त्यो देखेर नआँतिनु होला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला ।’

सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ