सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
१३ पटक हेरिएको
Shares
सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ

सारांश

  •   सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।
  • ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।
  • उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए ।

 

८ जेठ, काठमाडौं । 

सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् । ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।

उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए । पछि भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेको उनीमाथि आरोप छ । अर्याल एमाले पर्यटन विभागका सदस्य समेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?