Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा

सारांश

  • पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफ पनि मुछिएका छन् ।
  • उक्त अनियमितता प्रकरणमा अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सराफका बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • राधेश्याम सराफ याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक समेत हुन् ।

 

२३ जेठ, काठमाडौं ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफ पनि मुछिएका छन् । उक्त अनियमितता प्रकरणमा अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सराफका बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राधेश्याम सराफ याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक समेत हुन् । उनको २०८७ सालमै मृत्यु भइसकेको छ । मृतक सराफ र उनका छोराविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । राधेश्याम सराफको मृत्यु भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनको हकमा अरुण कुमारलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार उनीहरूले हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएर त्यो जग्गा पतञ्जलि योगपीठको नाममा पास गराइएको थियो। चौतारामको सञ्चालकको हैसियतले राधेश्यामविरुद्ध पनि अभियोग लगाइएको छ । अख्तियारले ५१ लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?