स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
२० पटक हेरिएको
Shares
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव

सारांश

  • सरकारले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विधेयकको मस्यौदा उपर सुझावका लागि वेबसाइटमा राखेको छ ।
  • प्रस्तावित विधेयकमा स्वार्थको द्वन्द्वको परिभाषा गरिएको छ ।

२८ असार, काठमाडौं ।

सरकारले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विधेयकको मस्यौदा उपर सुझावका लागि वेबसाइटमा राखेको छ । प्रस्तावित विधेयकमा स्वार्थको द्वन्द्वको परिभाषा गरिएको छ । सार्वजनिक पदाधिकारीले गर्ने कुनै पनि कार्यसम्पादन आफ्नो व्यक्तिगत स्वार्थसँग बाझिए स्वार्थको द्वन्द्व हुने भनिएको छ । सार्वजनिक पदाधिकारी अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सबै तहका अदालतका न्यायाधीश, सांसदहरू, मुख्यमन्त्री, मन्त्री, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका निर्वाचित पदाधिकारी र कर्मचारी रहन्छन् ।

यी सार्वजनिक पदाधिकारीले कार्यसम्पादन गर्दा आफ्नो व्यक्तिगत स्वार्थसँग बाझिए स्वार्थको द्वन्द्व हुने परिभाषा प्रस्तावित छ । स्वार्थ बाझिएको विषयमा निर्णय गर्न नमिल्ने व्यवस्था प्रचलित ऐनमा समेत छ । तर, सरकारले यस सम्बन्धी छुट्टै ऐन नै बनाउन लागेको हो । सांसदहरूलाई समेत स्वार्थ बाझिने विषयमाथिको छलफल र निर्णय प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था प्रतिनि िधसभा र राष्ट्रिय सभा नियमावलीमा छ । स्वार्थ बाझिने विषयमाथिको निर्णय प्रक्रियाबाट अलग हुनुपर्ने व्यवस्थाको कार्यान्वयन प्रभावकारी नभएको भनेर प्रश्न उर्ठ्दै आएको छ ।

स्वार्थ बाझिने विषयमाथिको निर्णय प्रक्रियामा रहन नपाउने विषयलाई बाध्यकारी बनाउने गरी सरकारले छुट्टै ऐन बनाउन लागेको हो । सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफू नियुक्त, मनोनयन वा निर्वाचित हुनासाथ आफू कार्यरत निकायमा लिखित रूपमा स्वार्थको द्वन्द्व नबाझिने भनेर स्वघोषणा गर्नुपर्ने प्रावधान पनि प्रस्तावित छ । निजी स्वार्थको विषय भएका नियुक्ति, सरुवा वा पदस्थापन भएको एक सातासम्म जानकारी गराउनुपर्ने समय नै तोकिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले कामको सिलसिलामा निर्णय गर्न नमिल्ने अवस्था सिर्जना भए निर्णय गर्ने अधिकारी तोक्ने प्रस्ताव प्रस्तावित विधेयकको मस्यौदामा छ ।

यसअनुसार मन्त्री वा मुख्य सचिवले निर्णय गर्न नमिल्दा सरकार वा मन्त्रिपरिषद्बाट निर्णय गराउन सकिने विकल्प दिइएको छ । संवैधानिक निकायको पदाधिकारीले स्वार्थ बाझिने भएर निणएय गर्न नमिले अन्य पदाधिकारीलाई निर्णय गर्ने अधिकार दिन सक्दछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमा राखेको विधेयकमा प्राप्त सुझाव समेतका आधारमा आवश्यक परिमार्जन गरेर मन्त्रिपरिषद्मा लैजान्छ । मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि संसद्मा दर्ता भएर अगाडि बढ्छ । दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित भएर लागू हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा
आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्