एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ ।
  • एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ ।
  • ‘जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,’ उनले भने, ‘अधिवेशन गर्न बाँकी जिल्लाहरूको यही महिनाभित्र सकाउँछौँ ।

२० जेठ, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ ।

एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ । ‘जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,’ उनले भने, ‘अधिवेशन गर्न बाँकी जिल्लाहरूको यही महिनाभित्र सकाउँछौँ ।’ उनका अनुसार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ । तीमध्ये सात जिल्लाको अधिवेशनको मिति तोकिएको र अन्य ११ जिल्लाको मिति तोक्न बाँकी छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ । आजदेखि प्यूठान जिल्लाको अधिवेशन हुँदै छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी
कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड
ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
एसिया कप: आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप: आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते