सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा

सारांश

  • नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताउनुभएको छ ।
  • काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताउनु भयो ।

८ साउन, काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विधेयकमा रहेको विषयवस्तुहरु आधारभुत रुपमा नै गलत रहेको बताउनु भयो । विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने बताउनु भयो । सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महशुस भएको बताउनु भयो ।  महामन्त्री थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ । त्यसको प्रमाण अहिले संसदमा आएको विधेयक हो । संसदमा आएको विधेयक आपत्तिजनक छ । त्यो विधेयक जस्ताको त्यस्तै पारित हुँदैन ।  हामी हुन दिन्नौँ । त्यसको कन्सेप्ट, फण्डामेण्ट्ली त्यो गलत छ ।

आधारभुत रुपमा किन गलत छ भने यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट आएको छ । त्यो नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट किन आयो भने हामी त्योसँग डराइयो । किन डराइयो भने यो के हो भन्ने नै बुझिएन । त्यसको बारेमा चिन्तन नगर्दा बुझिएन । अहिलेको जेनजी पुस्ताले इन्टरनेट नभएको समयको कल्पनै गर्द सक्दैनन् । उनीहरुले जन्मिँदै देखेर आएका छन् । सोसल मिडिया, सोसल नेटवर्क यो अवसर हो । यसको प्रयोग पनि हुन्छ, यसको कतिपय ठाउँमा खराब प्रयोग पनि भएको छ ।’महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताउनु भयो । उहाँले सामाजिक सञ्जाल जीवनको एउटा भाग बनिसकेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
टहरामा सुतेका दिदी बहिनीको ढुङ्गा लागेर मृ*त्यु
टहरामा सुतेका दिदी बहिनीको ढुङ्गा लागेर मृ*त्यु
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन