हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
४१ पटक हेरिएको
Shares
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका

सारांश

  • सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ ।
  • आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।
  • सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ।

५ मंसिर, मकवानपुर ।

सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।

सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ। विज्ञप्तिमा तोकिएको समयभित्र स्वेच्छाले संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने चेतावनीसमेत दिइएको छ । हेटौंडा बजार क्षेत्रमा २५–२५ गज चौडाइ कायम गर्ने योजना करिब पाँच दशकअघिदेखि पटक–पटक अघि सारिए पनि यथार्थमा सडक विस्तार भने कहिल्यै अघि बढ्न सकेको छैन।

पूर्वाधार विस्तारका नाममा सूचना जारी हुने तर व्यवहारमा काम नहुने परम्परा दोहोरिन सक्ने भन्दै स्थानीयवासी र व्यापारीहरू कार्यान्वयनबारे शंका व्यक्त गरिरहेका छन् । यातायात चाप बढ्दै गएको, सडक साँघुरो हुँदा दुर्घटना जोखिम बढेको र बजार क्षेत्रमा दैनिक जाम समस्या बनेको अवस्थालाई समाधान गर्न सडक विस्तार अपरिहार्य रहेको सरोकारवालाको तर्क छ । तर भूतपूर्व झैँ मुआब्जा, राजनीतिक दबाब र स्थानीय प्रतिरोधका कारण यो सूचना पनि कागजमै सीमित हुने हो कि भन्ने चासो भने यथावत् छ । १५ दिनभित्र हटाउने भनिए पनि, वास्तविक रूपमा हेटौंडाको सडक विस्तार कहिले हुने हो भन्ने प्रश्नमा भने अझै स्पष्टता देखिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
काभ्रे-कोशीपूर्वका  दुई सडक स्तरोन्नति गरिँदै
काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना
एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने
भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध