अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल भक्तपुरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल भक्तपुरमा

सारांश

  • भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।
  •   उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ।
  • परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको हो।

३ असोज ,काठमाडौँ । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।   उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ।परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको हो। अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए । स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनोट र अस्पताल निर्माण प्रकृया अघि बढाउने बताए । बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो। २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
सगरमाथा संवाद आज समापन हुँदै
सगरमाथा संवाद आज समापन हुँदै
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध