सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
५३ पटक हेरिएको
Shares
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर

सारांश

  • तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका-४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनले ज्यान गुमाएका हुन् ।
  • प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो ।
  • गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो।

 

१५ चैत, काठमाडौं- 

काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाले ज्यान गुमाएका छ्न । तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका-४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो। तर उनलाई त्यहाँका चिकित्सकले अपरान्ह ४ बजे मृत घोषणा गरे । अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ। त्यसैगरी राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको छ।

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन । उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ । अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबै फुटाइदिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कांग्रेस संसदीय दलको बैठक बस्दै
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्