Press 4K
सोमबार, १० कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
१२० पटक हेरिएको
Shares
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् ।
  • सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।
  • उनले भने,‘पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्छ ।

 

७ वैशाख,काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।

उनले भने,‘पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्छ । यदी त्यो सकेनौं भने भोली ममा पनि तानाशाही प्रवृत्ति आउन सक्छ । यो एउटा सिकाइ हुँदै जान्छ । त्यो सिकाईले भोली अप्ठ्यारो अवस्था ल्याउन । त्यसैले अहिले राप्रपाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्छ ।’ त्यस्तै उनले अहिले भ्रष्टाचारको फाइलहरु धेरै आउँदै गर्दा राप्रपाको नेतृत्वकर्ताहरुमाथि भने प्रश्न पनि नउठेको दाबी गरे ।

अहिले भ्रष्टाचारका काण्डका फाइलका फाइल आएका छन् । तर राप्रपाको नेतृत्वको माथि अहिलेसम्म एउटा प्रश्न उठेको छैन् । किनभने हामी इमान्दारिताकासाथ अगाडि बढ्छौं । त्यसमा कोही कसैले पनि आपत्ति नमाने हुन्छ,’उनले भने । त्यस्तै उनले जनताको विमति पार्टीसँग भन्दापनि उम्मेदवारसँग भएको भन्दै एमालेका युवाहरुले निर्वाचन जितेर आएको उदाहरण दिए । सांसद शाहीले अहिले सबैभन्दा बढि राजनीतिक एजेण्डा राप्रपासँग मात्र भएको दाबी गरे । उनले भने,‘यहाँ पार्टीसँग विमति होइन् उम्मेदवारसँग विमति छ । पार्टी नै खत्तम भएको भए एमालेका युवाहरुले कसरी जितेर आउँथे ?खै त जितेर आएको छन् । हामीले कहिँ कतै कम्जोरी गरेको छौै भने आत्मासमिक्षा गरौं र यतिबेला सबैभन्दा बढि कसैसँग राजनीतिक एजेण्डा छ भने त्यो राप्रपासँग मात्रै छ ।’ त्यस्तै,पार्टीले सरकारले चालेको सकारात्मक कदममाथि साथ दिने र जनताकोहित विपरित काम भए खबरदारी गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड
बालेन सरकारका सय दिन पूर्ण असफल: प्रचण्ड
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...