मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
२४८ पटक हेरिएको
Shares
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर

सारांश

  • लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् ।
  • बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइँदा स्वदेशी लगानीकर्ता डराएको टिप्पणी गरे ।
  • उनले भने, ‘मारवाडी समाज नामैले बदनाम भएको जस्तो बनाइएको छ ।

 

३१ वैशाख, काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइँदा स्वदेशी लगानीकर्ता डराएको टिप्पणी गरे । उनले भने, ‘मारवाडी समाज नामैले बदनाम भएको जस्तो बनाइएको छ । कहिले सम्पत्ति शुद्धीकरणको नाममा समात्ने, दुई दिनपछि छोड्ने, फेरि समात्ने भइरहेको छ । घर जलाउने, लुटपाट गर्ने जस्ता घटना पनि भए ।’

उनले अर्थमन्त्रीले स्वदेशी, विदेशी र प्रवासी पूँजी भित्र्याउने कुरा गरिरहे पनि स्वदेशी व्यवसायीलाई नै त्रसित बनाइएको आरोप लगाए । ‘स्वदेशी पूँजी व्यवसायीहरूसँग छ, तर लगानी गर्न नपाउने, जेल हाल्ने अवस्था बनाइएको छ । धेरै व्यवसायी देश छोडेर गइसकेको सुनिन्छ । समस्या सहन नसकेर बाहिरिन बाध्य भएका छन्,’ भन्दै ठाकुरले चिन्ता व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा मारवाडी समुदायको योगदान उल्लेख गर्दै उनीहरूलाई निरुत्साहित गरिए देशको आर्थिक विकासमा नकारात्मक असर पर्ने बताए । ‘शिक्षा, स्वस्थ्यको क्षेत्रमा मारवाडी समाजको योगदान छ । उनीहरुलाई नै भगाउने हो भने र आफ्नो थोरै, धेरै जे छ स्वदेशी पूँजी लगानी गर्न त्यसै डराएको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?