वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३० पटक हेरिएको
Shares
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला

सारांश

  • भारतले वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्ट क्रिकेट ७ विकेटले जितेको छ ।
  • भारतको नयाँदिल्लीमा भएको खेलको पाँचौँ दिन १२१ रनको झिनो चुनौती भारतले ३ विकेट गुमाएर जितेको हो ।
  • भारतका लागि केएल राहुलले अविजित रहँदै ५८ रन बनाए ।

२८ असोज, नयाँदिल्ली ।

भारतले वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्ट क्रिकेट ७ विकेटले जितेको छ । भारतको नयाँदिल्लीमा भएको खेलको पाँचौँ दिन १२१ रनको झिनो चुनौती भारतले ३ विकेट गुमाएर जितेको हो । भारतका लागि केएल राहुलले अविजित रहँदै ५८ रन बनाए । साइ सुदर्शनले ३९ रन जोडे ।  यसअघि भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ५१८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । यशस्वि जैसवालले १७५ तथा कप्तान शुुबमन गिलले अविजित रहँदै १२९ रन बनाए । जोमेल वारिकनले ३ विकेट लिए ।  जवाफमा वेष्ट इन्डिजले पहिलो इनिङ्समा २४८ रन बनायो एलिक एथानाजले ४१ तथा तागेनाराइन चन्द्रपलले ३४ रन बनाए भने शाइ होपले ३६ रन जोडे ।

भारतका लागि कुलदीप यादवले ५ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ३ विकेट लिए ।  फलोअन जोगाउन नसकेको वेष्ट इन्डिजले दोस्रो इनिङ्समा शानदार ३९० रन बनाएर १२० रनको अग्रता बनायो ।  जोन क्याम्पबेलले ११५ तथा शाइ होपले १०३ रन बनाए । भारतका कुलदीप यादव र जसप्रित बुमराहले समान ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।  १२१ रनको चुनौती भारतले ३ विकेटको क्षतिमा जित्दै दुई खेलको श्रृंखला २–० ले जितेर क्लिन स्वीप गर्यो ।  यो शुबमन गिलले टेष्ट कप्तानी सम्हालेपछिको पहिलो टेष्ट श्रृंखला जित हो । यसअघि पहिलो खेल भारतले एक इनिङ्स र १४० रनले जितेको थियो । वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १६२ रन बनायो । जवाफमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ४४८ रन बनाएर इनिङ्स समाप्ति गरेको थियो । त्यसपछि आएको वेष्ट इन्डिजले १४६ रनमात्र बनाएको थियो ।  दोस्रो खेलको प्लेयर अफ द म्याच कुलदीप यादव भएका छन् । उनले ८ विकेट लिए । त्यस्तै रविन्द्र जडेजा प्लेयर अफ द सिरिज भएका छन् । उनले १०४ रन बनाउनुका साथै ८ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
बल्खु पुलमुनी एक पुरूषको शव फेला
बल्खु पुलमुनी एक पुरूषको शव फेला
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित