Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला

सारांश

  • भारतले वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्ट क्रिकेट ७ विकेटले जितेको छ ।
  • भारतको नयाँदिल्लीमा भएको खेलको पाँचौँ दिन १२१ रनको झिनो चुनौती भारतले ३ विकेट गुमाएर जितेको हो ।
  • भारतका लागि केएल राहुलले अविजित रहँदै ५८ रन बनाए ।

२८ असोज, नयाँदिल्ली ।

भारतले वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्ट क्रिकेट ७ विकेटले जितेको छ । भारतको नयाँदिल्लीमा भएको खेलको पाँचौँ दिन १२१ रनको झिनो चुनौती भारतले ३ विकेट गुमाएर जितेको हो । भारतका लागि केएल राहुलले अविजित रहँदै ५८ रन बनाए । साइ सुदर्शनले ३९ रन जोडे ।  यसअघि भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ५१८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । यशस्वि जैसवालले १७५ तथा कप्तान शुुबमन गिलले अविजित रहँदै १२९ रन बनाए । जोमेल वारिकनले ३ विकेट लिए ।  जवाफमा वेष्ट इन्डिजले पहिलो इनिङ्समा २४८ रन बनायो एलिक एथानाजले ४१ तथा तागेनाराइन चन्द्रपलले ३४ रन बनाए भने शाइ होपले ३६ रन जोडे ।

भारतका लागि कुलदीप यादवले ५ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ३ विकेट लिए ।  फलोअन जोगाउन नसकेको वेष्ट इन्डिजले दोस्रो इनिङ्समा शानदार ३९० रन बनाएर १२० रनको अग्रता बनायो ।  जोन क्याम्पबेलले ११५ तथा शाइ होपले १०३ रन बनाए । भारतका कुलदीप यादव र जसप्रित बुमराहले समान ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।  १२१ रनको चुनौती भारतले ३ विकेटको क्षतिमा जित्दै दुई खेलको श्रृंखला २–० ले जितेर क्लिन स्वीप गर्यो ।  यो शुबमन गिलले टेष्ट कप्तानी सम्हालेपछिको पहिलो टेष्ट श्रृंखला जित हो । यसअघि पहिलो खेल भारतले एक इनिङ्स र १४० रनले जितेको थियो । वेष्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १६२ रन बनायो । जवाफमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ४४८ रन बनाएर इनिङ्स समाप्ति गरेको थियो । त्यसपछि आएको वेष्ट इन्डिजले १४६ रनमात्र बनाएको थियो ।  दोस्रो खेलको प्लेयर अफ द म्याच कुलदीप यादव भएका छन् । उनले ८ विकेट लिए । त्यस्तै रविन्द्र जडेजा प्लेयर अफ द सिरिज भएका छन् । उनले १०४ रन बनाउनुका साथै ८ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?