१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी

सारांश

  • १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा २१ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले विभिन्न ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ परेकाहरूलाई सीआईबीले सोमबार सार्वजनिक गरेको छ ।

१५ वैशाख, काठमाडौं ।

१७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा २१ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले विभिन्न ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई सीआईबीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह, सोही ठाउँका दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो छन् । यसैगरी पक्राउ पर्नेमा पर्साका प्रदीपकुमार साह, नवलसरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, सप्तरीका रामविलास साह तेली, ममता कुमारी, पर्साका बिकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमार साहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहता छन् ।

उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरीले बताएको छ । नगद नै रकम खातामा प्लेसमेन्ट समेत गर्न लगाउने गरेको प्रहरी बताउँछ । उक्त रकमलाई रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले डिजिटल वालेट कम्पनीमार्फत इ–मनी बनाइ उक्त रकमलाई रेमिटेन्स वापत भुक्तानी मिलाई अवैध कारोबार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य