देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली

सारांश

  • एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
  • शनिबार बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
  • साथै उनले देशप्रति जसको निष्ठा छैन तिनको असली मुकुण्डो उतार्न पनि सांसदहरूलाई सुझाव दिएका छन् ।

१३ वैशाख, काठमाडौँ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

साथै उनले देशप्रति जसको निष्ठा छैन तिनको असली मुकुण्डो उतार्न पनि सांसदहरूलाई सुझाव दिएका छन् । ‘देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘आज बोलेका गलत कुराको आजै प्रतिवाद हुनुपर्दछ ।’ उनले देशभक्तिको भावनालाई उजागर गर्न र जनतालाई  जागरूक बनाउने काम गर्नुपर्ने पनि बताए ।

‘बोल्नका लागि बोल्ने होइन, अर्थपूर्ण बोल्नुपर्छ । निरर्थक, झुट, असभ्य अश्लील, जो केही पार्टीका नाममा र केही व्यक्तिहरूले संसदभित्र पनि बोल्ने गरेका छन्’, उनले भने, ‘त्यस्तो प्रवृत्ति हामी गर्दैनौ, बोल्दैनौ । मर्यादित सु–संस्कृत र सभ्य तरिकाले तथ्यमा आधारित साहसिक ढङ्गले प्रस्तुत हुन्छौ ।’ उनले सत्यको उजागर गर्न र राष्ट्रियताको पक्षमा स्पष्ट अडानसहित उभिने काम गर्न सांसदहरूलाई निर्देशन दिँदै राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिको तीखो आलोचना गर्न सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन
सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन
राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने
आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन
आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ