साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
३९ पटक हेरिएको
Shares
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

सारांश

  • भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनल खेलहरु हुँदैछ ।
  • पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
  • नेपाल र बंगलादेशबीचको खेल गोल्डेन जुब्ली स्टेडियम, युपियामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

२ जेठ, काठमाडौं ।

भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनल खेलहरु हुँदैछ । पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।नेपाल र बंगलादेशबीचको खेल गोल्डेन जुब्ली स्टेडियम, युपियामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को विजेता बन्दै फाइनल प्रवेश गरेका हुन् । माल्दिभ्ससँग बराबरी खेलेको बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

यता नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । तर भारतसँग ४-० ले पराजित भएपछि समूह बी को उपविजेता बनेको हो । आजै भारत र माल्दिभ्सबीच दोस्रो सेमिफाइनल राती ७:४५ बजे हुनेछ । नेपाल र बंगलादेशबीच गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नेपाललाई घरेलु मैदान एन्फा कम्प्लेक्समा पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो तर फाइनलमा लय कायम राख्न सकेन । बंगलादेशले पुनरागमन गर्दै नेपाल विरुद्ध जित हात पारेको थियो ।

यू-१८/१९/२० उमेर समूहको साफमा अहिलेसम्म यी दुई टोली ५ पटक भिड्दा नेपाल बंगलादेशसँग एक खेलमा मात्र पराजित भएको छ । सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । यस्तै २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको लिग चरणमा पनि नेपालले बंगलादेशलाई २-१ ले नै पराजित गरेको थियो । सन् २०२२ मा भएको खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका थिए । यस्तै गत संस्करणमा नेपालले बंगलादेशलाई समूह चरणको खेलमा २-१ ले पराजित गरेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ४-१ ले पराजित भएको थियो । उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट
कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा
पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन