राजस्व अनुसन्धान कार्यालय पथलैयाले दायर गर्‍यो ६ महिनामा ८ मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २४, २०८१
|
|
३० पटक हेरिएको
Shares
राजस्व अनुसन्धान कार्यालय पथलैयाले दायर गर्‍यो ६ महिनामा ८ मुद्दा

सारांश

  • राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ ।
  • कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो ।
  • राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदाबी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

२४ माघ, वीरगञ्ज ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदाबी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘कार्यालयले चालु आवको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावटसँग सम्बन्धित मुद्दा मागदाबी रकमसहित आठ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ,’ उनले भने, ‘गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो । कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिब ९६ प्रतिशत बढी संकलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख संकलन गरेको छ ।

जबकी गत आवको ६ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो । कार्यालयले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा भीसीटीएस जरिवाना रकम ४७ लाख ४३ हजार संकलन गरेको छ भने गत आवको सोही अवधिमा भने ३५ लाख संकलन गरेको थियो । कार्यालयले चालु आवमा विदेशी विनियम मुद्दा संख्या ६ रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या ६ नै रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने
आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
आज ७३औँ कानुन दिवस मनाइँदै
आज ७३औँ कानुन दिवस मनाइँदै
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी