सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ

सारांश

  • सिरहाबाट लागुऔषध र स्रोत नखुलेको रकमसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् ।
  • लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन् ।

५ जेठ, जनकपुरधाम ।

सिरहाबाट लागुऔषध र स्रोत नखुलेको रकमसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन् । दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गत शुक्रबार साँझ ७ बजेको को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२.९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो । त्यस क्रममा पक्राउ गरी केरकार गरेर उनीहरुको घर खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको डिएसपी पासवानले बताए ।साथै एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद समेत बरामद भएको छ । दुवैजना लागुऔषध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दिनेश यसअघि यसअघि ३ साउन २०८० मा ३.६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेर ६ महिना जेल सजाय भुक्तान गरी ५ माघ २०८० मा छुटेका थिए । यस्तै प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ गरेको छ । हुण्डीकारोबारी रहेको विशेष सूचनाको आधारमा शनिबार दिउँसो सिरहा-२ स्थित महावीर चोकबाट उनलाई चेकजाँच गर्दा रकमसहित पक्राउ गरेको डिएसपी पासवानले बताए । सिरहाबाटै औरही गाउँपालिका-३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय