नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।
  •   सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन् ।
  • ‘नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् ।

१६ फागुन, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।  सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन् ।

‘नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता अशल सम्बन्धका अनेक आयामहरु छन् ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीबीच अबल मित्रता छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।’

प्रधानमन्त्री ओलीले युद्धले विनास र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको  भनाइ राखे ।  गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुन १४ देखि १६गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
महोत्तरीमा एक युवकको शव फेला , हत्याको आशंका
महोत्तरीमा एक युवकको शव फेला , हत्याको आशंका
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
विश्वको प्रदूषित सहरहरू मध्ये काठमाडौं छैटौं स्थानमा
विश्वको प्रदूषित सहरहरू मध्ये काठमाडौं छैटौं स्थानमा