सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
६६ पटक हेरिएको
Shares
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् ।
  • सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे ।
  • उनले राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायता मार्फत प्राप्त स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्ने गरेको बताए ।

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे । उनले राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायता मार्फत प्राप्त स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्ने गरेको बताए ।

उनले भने, ‘सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधारको विषय पनि आजका दिन उत्तिकै महत्वपूर्ण छ । यो विषय नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास, लोकतन्त्रको प्रभावकारितासँग पनि प्रत्यक्ष जोडिएको छ । राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क र अन्तर्राष्ट्रिय सहायता मार्फत संकलन गरेको स्रोत सार्वजनिक खर्चमा शिक्षा, स्वास्थ्य, पूर्वाधार सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्दछ ।’ मन्त्री सिन्हाले नागरिकको मुख्य प्रश्न सार्वजनिक खर्चबाट प्राप्त सेवाको गुणस्तर हो भन्नेमा जोड दिए । ‘नागरिकले सोध्ने प्रश्न के हो भने, हामीले गरेको सार्वजनिक खर्चबाट नागरिकले अनुभूति गर्ने गुणस्तरीय सेवा प्राप्त भइरहेको छ कि छैन ?’ उनले भने । उनले शिक्षाको गुणस्तरमाथि अझै पनि प्रश्न उठिरहेको उल्लेख गर्दै अस्पताल भए पनि सेवामा पहुँच र प्रभावकारिता पर्याप्त छ कि छैन भन्ने विषय चुनौतीकै रूपमा रहेको बताए । सार्वजनिक खर्चलाई नतिजामुखी बनाउँदै सेवा प्रवाह सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा