चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २, २०८१
|
|
२१ पटक हेरिएको
Shares
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।
  • दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए ।
  • विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागिसमेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।

२ असार, सिराहा । प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।

दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए । विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागिसमेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बिरूवाहरूको संरक्षण र स्याहार सम्भार गर्ने कार्य उत्तिकै महत्वपूर्ण भएको बताए । चुरे तराई मधेशको संरक्षण र जनताको जीवनस्तर सुधारमा हरित अभियान बहुउपयोगी हुने उनको विश्वास छ ।

नेपालको पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे पर्वत भू–जैविक, भौगर्भिक दृष्टिकोणले अत्यन्त संवेदनशील, जैविक विविधता र संस्कृतिमा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएको बताउँदै प्रधानमन्त्रीले प्रचण्डले चुरे पर्वतीय प्रणालीले नै पहाड, दुन, भावर तथा तराई–मधेशको सम्बन्ध एक आपसमा अन्योन्याश्रित रूपले गाँसेको उल्लेख गरे ।

ढुङ्गा, गिट्टी, बालुवाको सङ्कलन र उत्खननले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर सङ्कट पैदा गरेको बताए । तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणाअनुरूप वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र वालुवाको सङ्कलन तथा उत्खनन् गर्नसमेत प्रधानमन्त्रीले आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो