सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १५, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै

सारांश

  • कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सरार्फको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
  • सरार्फको सोमबार दिउँसो गोली हानी हत्या भएको थियो ।

१५ कार्तिक, बारा । कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सरार्फको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सरार्फको सोमबार दिउँसो गोली हानी हत्या भएको थियो । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेपनि उनीहरुको विस्तृत विवरण खुलाएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सरार्फ परस्त्रीसँगको सम्बन्धमा रहेका थिए । सोही कारण उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाउदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ