६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब

सारांश

  • साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.
  • १४ अंक घटेको छ ।
  • विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो ।

२५ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो । आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो ।

घटेको मौकामा कतिपय लगानीकर्ताले खरिदको अवसर ठाने । कतिपयले थप घट्ने संकेतका रुपमा बुझे । जसले गर्दा कारोबार रकम उल्लेख्य हुन पुग्यो । जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । फाइनान्स २.९३ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत घटे ।

दुई हाइड्रोपावर कम्पनी बाराही र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.१९, न्यादीको ८.११ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको ९.२३, मायाखोला हाइड्रोपावरको ८.४, सामुदायिक लघुवित्तको ७.४, जानाकी फाइनान्सको ६.०५ तथा पोखरा फाइनान्सको ५.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण