भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

सारांश

  • भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ ।
  • भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।
  • भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो ।

४ मंसिर, हेटौंडा ।

भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो ।

भारतले उपलब्ध गराउने १० वटामध्ये  एकवटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङलाई बेली ब्रिज हस्तान्तरण गरेका छन् । भारतले उपलब्ध गराएको बेली ब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ ।

पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनस्र्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्वपूर्ण रहेको बताए ।  सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिबृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्धिपक्षीय साझेदार अझै दह्रो देखिएको बताए । उनले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहायोगका लागि धन्यवाद दिए ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सँधै तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएको बेली ब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्याएका सडक सञ्चालनका लागि भारतकातर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते
गुण्डुमा रास्वपाको घरदैलो अभियान
गुण्डुमा रास्वपाको घरदैलो अभियान
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित