उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ७, २०८१
|
|
५५ पटक हेरिएको
Shares
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

सारांश

  • नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ ।
  • विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो ।
  • नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो ।

७ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ ।

विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो । नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो । आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन् ।

‘सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बन्नुभएको छ,’ एक जना सञ्चालक समिति सदस्यले भने, ‘अब आवश्यक प्रक्रिया पुर्‍याएर उद्योगको लाइन जोडिन्छ ।’ प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादपछि धमाधम उद्योगहरूको लाइन काट्दै आएको थियो । लामो समयदेखि उद्योग र प्राधिकरणको विवाद नयाँ सरकार गठनपछि नयाँ मोड लिँदै गइरहेको छ । सरकारले प्राधिकरण र नेतृत्व घिसिङलाई पेल्ने नीति अवलम्बन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ