मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते

सारांश

  • यहाँको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।
  • शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.
  • प्र.

२० असार, मकवानपुर ।

यहाँको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।  दुर्घटनामा १० जना सवारमध्ये ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको र गाडी चालक पर्साको परमानीपुर गाउँपालिका वडा नम्बर २ निवासी राजाराम साह प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ३५वर्षीय चन्द्र सन्जु गौर, भारतको विहारका ३९ वर्षीय रिसाहद कुमार र भारत विहारकै ३५ वर्षीय उमा शंकर कुमारको अवस्था गम्भीर रहेको छ । यस्तै भारतको विहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...