जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

सारांश

  •    उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् ।
  • मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए ।
  • उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाईहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको छ ।

३१ भदौ, काठमाडौं ।  

उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् । मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए ।

उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाईहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको छ । उहाँहरुले देशको लागि धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ । त्यसलाई हामीले साकार पार्नुपर्ने छ । उहाँहरुले उठाउनु भएको विषयलाई आगामी सरकारहरुले पनि लिएर अगाडि बढ्नुपर्ने छ ।

उहाँहरुले धेरै कुरा उठाउनु भएको थिएन् देशमा भ्रष्टाचार हुनुहुदैँन्, सुशासन कायम हुनुपर्छ, देशलाई आत्म निर्भरता तर्फ लानु पर्छ भन्ने जुन आशा थियो यसलाई पूरा गर्न अब हामी अगाडि बढ्नु पर्छ ।’ यस्तै, उनले देशलाई सहि दिशा तर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए । आगामि दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
सशस्त्रका ३ डीआईजीको अवकाश
सशस्त्रका ३ डीआईजीको अवकाश
छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु
छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
मोरङका छुट्टाछुट्टै ठाउँमा सवारी दु*र्घटना हुँदा तीन जनाको मृ*त्यु
मोरङका छुट्टाछुट्टै ठाउँमा सवारी दु*र्घटना हुँदा तीन जनाको मृ*त्यु
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य