चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
५३ पटक हेरिएको
Shares
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड

सारांश

  • चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ।
  • चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए।
  • यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ।

१३ असोज, काठमाडौं ।

चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए। यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ। अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने  र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने उल्लेख गरेको छ । अदालतका अनुसार, यस घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्‍याएकोले ताङलाई मृत्युदण्ड दिइएको हो।

यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ। अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने  र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने उल्लेख गरेको छ । अदालतका अनुसार, यस घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्‍याएकोले ताङलाई मृत्युदण्ड दिइएको हो। सिन्ह्वाका अनुसार, ताङले आफ्ना अपराध स्वीकार गरेका छन् र पश्चाताप पनि गरेका छन्। यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा भनिएको छ ।  यसअन्तर्गत धेरै ठूला नेताहरूलाई सजाय भइसकेको छ। समर्थकहरूको भनाइमा यो अभियानले स्वच्छ शासनलाई प्रोत्साहन दिन्छ । उता, आलोचकहरू यसलाई सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरिरहेको बताएका छन् । ताङ यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्ष पनि रहिसकेका छन्। उनका पछि पूर्व रक्षा मन्त्रीहरू ली शाङफु र वेई फेङहे पनि भ्रष्टाचार अनुसन्धानको दायरामा परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
सुनसरीबाट ६ सय ३७ किलो गाँजा बरामद
सुनसरीबाट ६ सय ३७ किलो गाँजा बरामद
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु