एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
४५ पटक हेरिएको
Shares
एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

सारांश

  • भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले  हराएको छ ।
  •   आइतबार  भएको  खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ ।
  • जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.

३० भदौ, काठमाडौं ।

भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले  हराएको छ ।  आइतबार  भएको  खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ । जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । शाहिन शाह अफ्रिदीले तल्लोक्रममा १६ बलमा ४ छक्कासहित अविजित ३३ रन बनाउँदै पाकिस्तानको साख जोगाए । भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २–२ विकेट लिए । हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १–१ विकेट लिए । भारत समूह ए मा ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । पाकिस्तानलाई सुपर फोरमा पुग्न उक्त खेल पाकिस्तानले जित्नै पर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन
सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता
वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता