सर्वोच्चले गगन थापालाई भन्यो- ‘विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिनू’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सर्वोच्चले गगन थापालाई भन्यो- ‘विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिनू’

सारांश

  • सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ ।
  • थापाविरुद्ध पेश भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले ‘न्यायसम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिनू भनेको हो ।
  • सर्वोच्चले आदेशमा भनेको छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू ।

१६ वैशाख, काठमाडौं ।

सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ । थापाविरुद्ध पेश भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले ‘न्यायसम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिनू भनेको हो ।सर्वोच्चले आदेशमा भनेको छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू ।’

वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै सर्वोच्चले विचाराधीन मुद्दामा संघीय संसद्को सदनमा समेत छलफल नगरिने मान्यता भएको भन्दै ध्यानाकर्षण गराएको हो । न्यायनिरुपणमा प्रतिकूल असर पर्नेगरी संसदमा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको भन्दै सर्वोच्चले अन्यत्र दिने अभिव्यक्तिमा अझ संवेदनशील हुनुपर्ने आशयमा आदेश जारी गरेको हो । केही दिनअघि कांग्रेस महामन्त्री थापाले ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्ति विरुद्ध अधिवक्ता अनन्तराज लुईंटेल लगायतले अवहेलनाको कारबाही माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने
कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न