भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
३८३ पटक हेरिएको
Shares
भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

सारांश

  • प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने भएका छन् ।
  • भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो देश भ्रमणको निम्तो दिएपछि प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने भएका हुन् ।
  • नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन ।

२९ चैत, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो देश भ्रमणको निम्तो दिएपछि प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने भएका हुन् । नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन ।

यद्यपी, परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेका बताएका छन् । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देशपठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन् ।

यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ । परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
महोत्तरीमा एक युवतीको शव फेला
महोत्तरीमा एक युवतीको शव फेला
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट