सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ९, २०८३
|
|
३५ पटक हेरिएको
Shares
सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

सारांश

  • रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् ।
  • वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।
  • आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।

 

८ मंसिर, काठमाडौं ।

रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।

आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।’

सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेशका लागि महत्वपूर्ण परियोजना भएको भन्दै यसको काम रोकिँदा प्रदेशका कृषक तथा नागरिक निराश भएको बताए । उनले आयोजना अघि बढाउने स्पष्ट कार्ययोजना, काम रोकिएको कारण र आगामी बाटोबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

करिब ६ वर्षअघि सुरु भएको आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखे पनि हाल यसको ठेक्का रद्द गरिएको छ । आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत रहेको उल्लेख गर्दै झाले यसलाई राष्ट्रिय गौरवको बहुउद्देश्यीय परियोजनाका रूपमा अघि बढाइएको बताए ।

आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ बैशाख २६ गते भए पनि त्यसपछि काम अघि नबढेको भन्दै उनले प्रश्न उठाए । ‘ब्रेक थ्रु भइसकेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन । यो नबढ्नुको कारण के हो, बन्द हुने स्थिति के हो र आगामी वे फरवार्ड के हो ? यी तीनवटा कुरामा थप स्पष्टता भइदिए राम्रो हुन्थ्यो,’ उनले भने ।

मधेशमा कृषि नै प्रमुख आर्थिक स्रोत रहेको उल्लेख गर्दै झाले सिँचाइका आयोजना अन्योलमा रहँदा कृषि उत्पादन र क्षेत्रको भविष्य प्रभावित हुने बताए । ‘मधेशसँग देखाउनलाई हिमाल छैन, उत्पादन गर्न हाइड्रो पनि छैन । भएकै एउटा खेती छ, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ,’ उनले भने ।

सुनकोशी–मरिण डाइभर्सनले मधेशमा बढ्दो मरुभूमीकरण रोक्न र पानीको उपलब्धता बढाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा नागरिकले राखेको भन्दै उनले आयोजना अघि बढाउन अनावश्यक ढिलाइ नगर्न आग्रह गरे ।

आयोजना अघि बढाउने स्पष्ट योजना भए सांसदहरूले संसद् तथा विभिन्न निकायमा आवाज उठाएर काम अघि बढाउन दबाब दिन सक्ने भन्दै झाले सम्बन्धित निकायसँग थप जानकारी र समाधानको बाटो प्रस्तुत गर्न माग गरे ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया लगायत उपस्थित छन् । रजौरियाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
दसैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने
दसैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु