दसैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ३, २०८३
|
|
९० पटक हेरिएको
Shares
दसैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने

सारांश

  • दसैंमा मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ ।
  • नेपाली दूतावासका अनुसार भोलि मंगलबार अर्थात् अक्टोबर २० देखि २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् ।
  • दूतावासले दसैंको अवसर पारेर मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाइ दरुसलाम तथा पूर्वी टिमोरमा बसोबास गर्ने नेपालीलाई शुभकामना व्यक्त गर्दै ३ दिन कार्यालय बन्द रहने जानकारी गराएको हो ।

२ कात्तिक, काठमाडौं । दसैंमा मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ ।

नेपाली दूतावासका अनुसार भोलि मंगलबार अर्थात् अक्टोबर २० देखि २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् ।

दूतावासले दसैंको अवसर पारेर मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाइ दरुसलाम तथा पूर्वी टिमोरमा बसोबास गर्ने नेपालीलाई शुभकामना व्यक्त गर्दै ३ दिन कार्यालय बन्द रहने जानकारी गराएको हो ।

दूतावासले नियमित सेवा अक्टोबर २३ शुक्रबारदेखि पुन: सञ्चालन हुने जनाएको छ । दूतावासले बिदा अवधिमा आकस्मिक सहयोग आवश्यक परे हटलाइनमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...