झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु

सारांश

  • झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी सङ्क्रमितको मृत्यु भएको छ ।
  • जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।
  • २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए ।

२२ मंसिर, झापा ।

झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए ।

‘उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ,’ उनले भने, ‘तर, मृत्युदर भने बढेको छ ।’ चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी सङ्क्रमित फेला परेका छन् । नयाँ सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् । झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआईभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । जिल्लामा कुल एचआईभी सङ्क्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताए ।

स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्ष मुनिका सङ्क्रमित बालबालिकाका लागि प्रतिमहिना एक/एक हजारको दरले सहयोग प्राप्त भइरहेको छ । नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् । झापामा २०७९/८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, २०८०/८१ मा नयाँ ७४ र पुरानो गरी ७५० र २०८१/८२ मा नयाँ ५६ जना र पुरानो ७८४ एचआईभी सङ्क्रमित उपचाररत रहेको कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव
विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो, आज तिल्कोत्सव
पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना
पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सरकारका १०० दिनबारे उपेन्द्र यादव : सुशासन र संस्थागत सुधारको प्रयास भएको छ
सरकारका १०० दिनबारे उपेन्द्र यादव : सुशासन र संस्थागत सुधारको प्रयास भएको छ
सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा
सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै