लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति

सारांश

  • राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले संस्थाको लेटरप्याड तथा छापको दुरूपयोग गरेर गतिविधि गरिएकोप्रति आपत्ति जनाएको छ ।
  • संघबाट मिति २०८१ चैत्र ३१ गते नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको पनि जनाएको छ ।
  • शनिबार महासचिवद्वय गणेशबहादुर खत्री र किरणकुमार पासवानद्धारा जारी विज्ञप्तिमा अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको स्पष्ट पारेका छन् ।

३० चैत, काठमाडौं ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले संस्थाको लेटरप्याड तथा छापको दुरूपयोग गरेर गतिविधि गरिएकोप्रति आपत्ति जनाएको छ । संघबाट मिति २०८१ चैत्र ३१ गते नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको पनि जनाएको छ । शनिबार महासचिवद्वय गणेशबहादुर खत्री र किरणकुमार पासवानद्धारा जारी विज्ञप्तिमा अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको स्पष्ट पारेका छन् ।

‘नेपालीहरूको नयाँ बर्ष २०८२ सालको पावन अवसरमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ परिवार सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू र स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सम्बृद्धि, सुस्वास्थ्य, उन्नति र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ । यसै सन्दर्भमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबाट मिति २०८१ चैत्र ३१ गते नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण भएको र संघका साथीहरू बीच भ्रम सृजना भइ कार्यक्रमका बारेमा बारम्बार सोधपुछ् गरेको हुँदा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको जानकारी गर्दछौ,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘ यस्ता सूचनाको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।

यसै गरी यस संघको लेटरप्याड तथा छापको समेत दुरूपयोग भएको पाइएकोले यस्ता अनधिकृत कार्यहरू तत्कालै रोकी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाइ अझ बलियो र संगठित बनाउदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा सहकार्य गर्नका लागि सम्बन्धित पक्षसँग अनुरोध गर्दछौ ।’ काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मिति २०८१ चैत्र ८ र ९ गते संघको प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनबाट माधव चम्लागाईको अध्यक्षतामा नयाँ कार्य समिति घोषणा गरिएको थियो । तर नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासी विकास थापा र कल्पना खड्काले समानन्तर समिति बनाएका थिए । थापा समूहले अलग्गै गतिविधि गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा
रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल
प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ*त्यु
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी