Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान

सारांश

  • प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।
  • प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो ।
  • त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।

 

१५ चैत, काठमाडौं ।

प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।

प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका नेताहरूसमेत सुरक्षित स्थलतर्फ लागेका थिए । अहिले नेताहरू पुनः मञ्चमा जम्मा हुन थालेका छन् । आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेका छन् । मञ्चमा पुगेर नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरिरहेका छन् । उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन् । उनले प्रहरीलाई बल प्रयोग नगर्न र आफ्ना समर्थकहरुलाई पनि ढुंगामुढा नहान्न अनुरोध गरिरहेका छन् ।

नेताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए । त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा
सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन