लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ६, २०८३
|
|
२८१ पटक हेरिएको
Shares
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले संवादबाटै लिपुलेक लगायत भारतसँगको सीमा समस्या समस्या समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन् ।
  •   बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्धत तथा पर्यटन समितिको बैठकमा यो विषय उठेको थियो ।
  • नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले यो विषयमा सरकारको धारणा मागेका थिए ।

६ जेठ, काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले संवादबाटै लिपुलेक लगायत भारतसँगको सीमा समस्या समस्या समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन् ।  बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्धत तथा पर्यटन समितिको बैठकमा यो विषय उठेको थियो । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले यो विषयमा सरकारको धारणा मागेका थिए ।

लिपुलेकको बारेमा हामीले नोट लेख्यौ । त्यसको रेसपोन्स के भयो ?’ सांसद हमालले सोधे । जवाफमा मन्त्री खनालले मानसरोवरको यात्राको इस्यु निस्किसकेपछि नेपालले कूटनीतिक नोट पठाएको स्मरण गराए । ‘हामीले स्वभाविक हाम्रो आफ्नो दाबा क्लेमसहित नोट पठायौं । त्यो सीमाको विषयमा उहाँहरूले आफ्नो पनि क्लेम राखेकै विषय रह्यो । तर कूटनैतिक पहलद्वारा हल गर्ने भनेर उहाँहरुको पोजिसन आएको छ, उहाँको रिस्पोन्स आएको छ’ परराष्ट्रमन्त्री खनालले भने ।

उनका अनुसार नेपाल पनि सीमा समस्याको समाधान कूटनीतिक संवादमार्फत गर्न तयार छ । उनले भने, ‘हामीले पनि स्वभाविक रुपमा यो सीमा जस्ता विवादहरु कूटनीतिक छलफलबाट हुनुपर्छ भनेका छौं ।’ सीमामा दुवै देशले मिलेर काम गरिरहेको पनि उनले स्मरण गरे । उनले भनेका छन्, ‘तर आजको दिनमा पनि नेपाल र भारतको टेक्निकल कमिटीले यतिबेला पनि काम गरिराखेका छन् । लामो सीमा छ । त्यो सीमाका विषयलाई छुट्याउने क्रममा कमिटीले काम गर्ने कुरा आज पनि भइराखेको छ । यतिनै बेला पनि भइराखेको छ ।’

यो मनसुन समयमा हुन नसक्ने उल्लेख गर्दै उनले थपे, ‘मोस्टली विन्टर ड्राई सिजनमा हुन्छ । लामो समय रोकिएको थियो, गत वर्ष देखि त्यो प्रक्रिया सुरु भएर बोर्डर वर्किंग ग्रुपको टेक्निकल कमिटीले एक्टिभली काम गरिराखेको छ ।’

नेपाल र भारतका बीचमा लामो समयदेखि सीमाका विषयमा छलफल चलिरहेको भन्दै उनले रहेका समस्या संवादमार्फत समाधान गर्नेतर्फ दुवै देश रहेको बताएका हुन् । मन्त्री खनालले भनेका छन्, ‘मलाई लाग्छ लामो समयपछि नेपाल-भारत त्यो सीमाका विषयहरुमा पनि विस्तारै कूटनीतिक पहल र संवादबाट हामी उठेका विषयहरुलाई समाधान गर्ने दिशातर्फ उन्मुख छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा एनसेल टावरमा विस्फोट
सिन्धुलीमा एनसेल टावरमा विस्फोट
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७