यो सरकारले चुनाव गराउँछ भन्नु भ्रम हो: शंकर पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२० पटक हेरिएको
Shares
यो सरकारले चुनाव गराउँछ भन्नु भ्रम हो: शंकर पोखरेल

सारांश

  •   नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘सरकारले चुनाव गराउँछ’ भन्नु भ्रम रहेको बताएका छन् ।
  • उनले चुनवका लागि महत्त्वपूर्ण पक्ष राजनीतिक दलसँग कुनै संवाद नथालिनु र सुरक्षाको प्रत्याभूति दिन नसक्नु त्यसको उदाहरण भएको दाबी गरे ।
  • भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा पोखरेलले भने, ‘दलहरूसँग अहिलेसम्म संवाद नथालेर दललाई किनारा लगाएर आफू अनुकुलका मानिसहरूलाई चुनावबाट जिताउने ज्ञानेन्द्र शाहको जस्तो तरिका अपनाउने गरी अँध्यारो कुनामा बसेर योजना बनाइँदै छ ।

२३ असोज, काठमाडौं। 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘सरकारले चुनाव गराउँछ’ भन्नु भ्रम रहेको बताएका छन् । उनले चुनवका लागि महत्त्वपूर्ण पक्ष राजनीतिक दलसँग कुनै संवाद नथालिनु र सुरक्षाको प्रत्याभूति दिन नसक्नु त्यसको उदाहरण भएको दाबी गरे । भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा पोखरेलले भने, ‘दलहरूसँग अहिलेसम्म संवाद नथालेर दललाई किनारा लगाएर आफू अनुकुलका मानिसहरूलाई चुनावबाट जिताउने ज्ञानेन्द्र शाहको जस्तो तरिका अपनाउने गरी अँध्यारो कुनामा बसेर योजना बनाइँदै छ ।’

पोखरेले सरकारलाई दलको मत जितेर चुनाव सफल बनाउने बाटोमा हिँड्न सुझाव दिएका छन् । त्यस्तै, गृह प्रशासनले समेत उचित सुरक्षा दिने अवस्था नरहेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याल विद्रोहीको नेतृत्वकर्ता जस्तो भएको टिप्पणी गरेका छन् । उनले राज्यका सुरक्षा अङ्गले समेत सरकार चुनावप्रति प्रतिबद्ध र जिम्मेवार छ भन्ने कुरामा निश्चित हुन नसकिरहेको बताए । प्रहरीको मनोबल उच्च बनाउने र लुटिएका हतियार फिर्ता गराउने सवालमा गृहमन्त्रीको ध्यान नपुगिरहेको भन्दै उनले गृह प्रशासन चलाउने हैसियत राख्न नसकेको तर्क गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ