बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
३० पटक हेरिएको
Shares
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै

सारांश

  • पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ ।
  • उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
  • सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन् ।

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ ।

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन् । तर धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागारका जेलर मित्रलाल लुइँटेलले बताए । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा अर्का न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । न्यायाधीशहरुको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा उक्त प्रक्रियाको सुनुवाइ भएको थियो । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन् । कारागार प्रशासनमा निवेदन दिएपछि उनलाई रिहा गर्ने प्रक्रिया सुरु गरिने सहायक जेलर लुइँटेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
एमालेको सचिवालय बैठक सुरू
एमालेको सचिवालय बैठक सुरू
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार