जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

सारांश

  • काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
  • ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

१२ कार्तिक, काठमाडौं। काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-१० स्थित डेरा गरी बस्ने सोही नगरपालिका-८ घर भएका ३९ वर्षीय यम बहादुर ठकुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा यम बहादुर समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ९४ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तारा समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द