विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी

सारांश

  • पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।
  • पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

२१ मंसिर, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए । उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?