Press 4K
शनिबार, ८ कार्तिक २०८३

विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
१०४ पटक हेरिएको
Shares
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

सारांश

  • विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ ।
  • ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र करुणाको शिक्षालाई पुनर्जीवित गर्नु हो ।
  • यो यात्रा थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सञ्चालन हुनेछ ।

२६ माघ, लुम्बिनी ।

विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ ।‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र करुणाको शिक्षालाई पुनर्जीवित गर्नु हो । यो यात्रा थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सञ्चालन हुनेछ ।ऐतिहासिक यात्रामा थाइल्याण्डका २२ जना भिक्षुहरूसहित लाओस्, भारत र नेपालका गरी कूल २८ जना भिक्षु तथा उपासकहरू सहभागी हुनेछन् ।

नेपालमा यो पदयात्रा माघ २७ गते रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट विधिवत् रूपमा सुरु हुनेछ । चन्द्रपुरबाट सुरु हुने यो पैदल यात्रा विभिन्न जिल्लाहरू पार गर्दै फागुनको दोस्रो साता लुम्बिनी पुग्ने कार्यतालिका छ ।आयोजक समितिले हालै पत्रकार सम्मेलन गरी यात्राको विस्तृत मार्गचित्र (रुट) र सुरक्षा एवं व्यवस्थापनका पाटोहरूबारे जानकारी गराएको छ ।गोल्माराजा बुद्ध बिहारका भन्ते मेधकर स्थविरका अनुसार, यो यात्रा केवल धार्मिक भ्रमण मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवद्र्धन र विश्व शान्तिको साझा अभियान पनि हो । यात्राले बुद्धको जन्मस्थल नेपाललाई विश्वमा थप परिचित गराउने र बौद्ध धर्मावलम्बीहरूका बीचमा आपसी भाइचारा बढाउने विश्वास गरिएको छ । आयोजकले यस अभियानमा स्थानीय समुदाय, नागरिक समाज र शान्तिप्रेमी सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री
निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...