Press 4K
आइतबार, २८ आषाढ २०८३

विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

सारांश

  • विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ ।
  • ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र करुणाको शिक्षालाई पुनर्जीवित गर्नु हो ।
  • यो यात्रा थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सञ्चालन हुनेछ ।

२६ माघ, लुम्बिनी ।

विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ ।‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र करुणाको शिक्षालाई पुनर्जीवित गर्नु हो । यो यात्रा थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सञ्चालन हुनेछ ।ऐतिहासिक यात्रामा थाइल्याण्डका २२ जना भिक्षुहरूसहित लाओस्, भारत र नेपालका गरी कूल २८ जना भिक्षु तथा उपासकहरू सहभागी हुनेछन् ।

नेपालमा यो पदयात्रा माघ २७ गते रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट विधिवत् रूपमा सुरु हुनेछ । चन्द्रपुरबाट सुरु हुने यो पैदल यात्रा विभिन्न जिल्लाहरू पार गर्दै फागुनको दोस्रो साता लुम्बिनी पुग्ने कार्यतालिका छ ।आयोजक समितिले हालै पत्रकार सम्मेलन गरी यात्राको विस्तृत मार्गचित्र (रुट) र सुरक्षा एवं व्यवस्थापनका पाटोहरूबारे जानकारी गराएको छ ।गोल्माराजा बुद्ध बिहारका भन्ते मेधकर स्थविरका अनुसार, यो यात्रा केवल धार्मिक भ्रमण मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवद्र्धन र विश्व शान्तिको साझा अभियान पनि हो । यात्राले बुद्धको जन्मस्थल नेपाललाई विश्वमा थप परिचित गराउने र बौद्ध धर्मावलम्बीहरूका बीचमा आपसी भाइचारा बढाउने विश्वास गरिएको छ । आयोजकले यस अभियानमा स्थानीय समुदाय, नागरिक समाज र शान्तिप्रेमी सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्न अर्थले दियो सहमति
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
भरुवा बन्दुकसहित एक जना पक्राउ
भरुवा बन्दुकसहित एक जना पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...