चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ

सारांश

  • चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भएकी ६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुलेको छ ।
  • पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा जग्गाको सिमाना विवादमा हत्या भएको खुलेको हो ।
  • घटनाको अनुसन्धान गरिरहेकी प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीका अनुसार जग्गाको सीमाना विवादमा हत्या भएको बताइन् ।

९ असोज, काठमाडौं ।

चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भएकी ६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुलेको छ । पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा जग्गाको सिमाना विवादमा हत्या भएको खुलेको हो । घटनाको अनुसन्धान गरिरहेकी प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीका अनुसार जग्गाको सीमाना विवादमा हत्या भएको बताइन् । ‘उहाँहरू जग्गाको संधियारी हुनुहुँदो रहेछ । जग्गाको साँध–सीमा विवाद भएपछि भएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ,’ डीएसपी गिरीले भनिन् ।

६८ वर्षीया केसी हत्यामा प्रहरीले सुरुमा चन्द्रागिरिको थापागाउँका ३२ वर्षीय सरोज थापालाई पक्राउ गरेको थियो । अहिले उनकी आमा गंगा थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । बुधबार चन्द्रागिरि नगरपालिका–६ चेकपोस्ट महादेवस्थान घर भई खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया केसीको हत्या भएको थियो । दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । मृत महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
आज कुन देशको मुद्राको विनिमय दर कति ?
आज कुन देशको मुद्राको विनिमय दर कति ?
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट
सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट